site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हेल्प नेपालले सेमिफाइनलमा क्लब एचडीसीसँग खेल्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल संघले जारी काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हार व्यहोरेको छ ।

बिहीबार भएको पहिलो खेलमा हेल्प नेपालले इरानको यू–१८ र दोस्रो खेलमा गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध हार व्यहोरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हेल्प नेपाल इरानी टोलीसँग ३–१ को सेटमा स्तब्ध भयो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यससँगै हेल्प नेपालले जारी च्याम्पियनसिपमा पहिलो हार सामना गर्‍यो । हेल्प नेपालले पहिलो सेटमा इरानलाई २५–२३ ले हराएको थियो । तर, त्यसपछि भने इरानी  टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । इरानले दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१७ र चौथो सेट २५–९ ले आफ्नो पक्षमा पार्‍यो ।

अर्को खेलमा पनि नेपाली टोली गण्डकी भारतको क्यालिकटसँग ३–० को सोझो सेटमा पराजित भयो । जित्नै पर्ने खेलमा पराजित भएपछि गण्डकी लिगचरणबाटै बाहिरिएको छ । क्यालिकटले गण्डकीमाथि २५–२२, २५–१९ र २५–१५ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यससँगै पाँच टोली सहभागी च्याम्पियनसिपमा शतप्रतिशत जित निकाल्दै इरानको टोली १० अंक जोड्यो ।

Royal Enfield Island Ad

समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक रह्यो । यससँगै शीर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग सेमिफाइनलमा खेल्ने तय भयो । दोस्रो स्थानको हेल्प नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडीसीसँग खेल्नेछ ।

क्लब एचडीसीले चार खेलबाट तीन अंक जोडेको छ । गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रह्यो । नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन् । आठौँ प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् ।

सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेले । उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro