site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाइडबडी प्रकरण– लामिछाने निर्णय प्रक्रियामै अनुपस्थित !

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी खरिद प्रकरणमा विशेष अदालतले दोषी ठहर गरेका बुद्धिसागर लामिछाने निर्णय दिनमा अनुपस्थित रहेको पाइएको छ ।

विशेष अदालतले गरेको फैसलामा विमान खरिदको सम्झौता अनुमोदन गर्दा प्रक्रियामा संलग्न नभएका लामिछानेलाई दोषी ठहर गरेपछि यस्तो सार्वजनिक भएको हो ।

Argakhachi Cement Island Ad

उनी सञ्चालक समिति सदस्य थिए । उक्त निर्णय अनुमोदन प्रक्रियामा संलग्न रहेका निजी क्षेत्रका प्रतिनिधिलाई पनि विशेष अदालतले सफाइ दिएको तर सहभागी नै नभएका लामिछानेलाई दोषी ठहर गरेको बताइएको छ ।

शंकरप्रसाद अधिकारीको अध्यक्षतामा बसेको २०७३ माघ १७ मा बसेको बैठकमा लामिछाने अनुपस्थित रहेको माइन्युटमा पनि उल्लेख छ । यस विषयमा लामिछाने पक्षधरले विशेष अदालतको ध्यानाकर्षण गराएको पाइएको छ ।

२०७३ माघ १७ को निगम सञ्चालक समितिको निर्णयका आधारमा विशेष अदालतले फैसलामा भनेको छ, “यही निर्णयका कारण नै संशोधित एमओयू कार्यान्वयनमा आई निगमलाई हानी नोक्सानी भएको हुँदा यी प्रतिवादीहरू शिशिर कुमार ढुंगाना र बुद्धिसागर लामिछानेको आरोपित कसुरमा संलग्नता देखिन आयो ।”

तर लामिछाने भने उक्त दिनको निर्णयमा अनुपस्थित रहेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्