site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एनएसएलको तेस्रो संस्करण चैत तेस्रो सातादेखि

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण आगामी चैत तेस्रो हप्तादेखि सुरु हुने भएको छ ।

बिहीबार आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच चैत १६ मा प्रतियोगिता सुरु गर्ने सम्झौता भएको जानकारी गराएको छ ।

Dabur Nepal
NIC Asia

एनएसईएमका प्रबन्ध निर्देशक श्रीयांश कार्कीले प्रतियोगिताको तेस्रो संस्करणको मिति घोषणा गर्न पाउँदा आफू निक्कै उत्साहित रहेको बताए ।

“नेपाली फुटबलमा लगाब राख्ने समर्थकका बीचमा एनएसएलको तेस्रो संस्करणको घोषणा गर्न पाउँदा हामी निक्कै उत्साहित छौँ,” कार्कीले भनेका छन्, “यो हाम्रा खेलाडी, क्लब र सबै सरोकारवालाहरुको फुटबल लगाबलाई सम्बोधन गर्ने साझा थलो हुनेछ । नेपाली फुटबललाई माथिल्लो स्तरमा उकास्नका लागि प्रतियोगिताले योगदान गर्नेमा हामी विश्वस्त छौँ ।”

यसैगरी एन्फाका महासचिव किरण राईले पनि नेपाली फुटबल क्यालेन्डरमा एनएसएलले विशेष स्थान पाएको बताए । चैत १२ गते नेपालले मलेसियासँग अन्तर्राष्ट्रिय फुटबल खेल्ने भएकाले एनएसएलका लागि यो उपयुक्त समय हुने उनले बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro