site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धादिङमा ग्यास बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह

धादिङ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, कृष्णभीरमा आइतबार बिहान दुर्घटना भएको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, हाल उद्धारकार्य जारी छ । घाइते कोही पनि भेटिएको छैन । चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

उक्त क्षेत्रनजिकैका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro