site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सूर्य नेपाल काठमाडौं ओपन : तेस्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि

काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङ ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् । ५४ होलको खेल सकिँदा निरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।

एमेच्योर सदभाव ४–अन्डर ६४ स्कोर गर्दा समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णुप्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे ।

Dabur Nepal
NIC Asia

समग्रमा ५–अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १–अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौँ स्थानमा रहे । उनले आज १–अन्डर ६७ मा खेल सकाए ।

इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छैटौँ स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौँ स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए । समग्रमा २–ओभर २०६ बनाएका वसन्तराज गुरूङ, रामे मगर र प्रदीपकुमार लामा संयुक्त रूपमा आठौँ स्थानमा रहे । वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन–पार ६८ को स्कोर दर्ज गरे ।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूआत राम्रो गरे । दोस्रो, चौथो, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे । नवौँ होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे । यसपछि १०औँ र ११औँ होलमा बर्डी प्रहार गरे भने १२औँ होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले ।

सदभावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए । उनले चौथो, दशौँ, तेह्रौँ र सत्रौँ होलमा बर्डीको सफलता प्राप्त गरे ।

विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौँ होलमा बर्डी प्रहार गर्दा पाँचौँ र आठौँ होलमा एक–एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औँ होलमा बर्डी प्रहार गरे पनि १५औँ, १६औँ र १७औँ होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए ।

कुल सात लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले उपाधिसँगै एक लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै, कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro