site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कात्तिकमा बढ्यो महँगी, सबैभन्दा बढी तरकारीमा

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत छ । गत वर्षको कात्तिक महिनाको तुलनामा महँगी केही बढेको छ । गत वर्षको कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३३.९९ प्रतिशत छ । त्यस्तै, दाल तथा गेडागुडीको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.१५ प्रतिशत र घ्यू तथा तेलको ९.२९ प्रतिशतले बढेको छ भनेमरमसला उप–समूहको १.४१ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १.२८ प्रतिशत र माछा तथा मासुको ०.०२ प्रतिशतले घटेको छ ।

Argakhachi Cement Island Ad

समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१९ प्रतिशत, मधेश प्रदेशको ५.७२ प्रतिशत, बागमती प्रदेशको ५.३५ प्रतिशत, गण्डकी प्रदेशको ४.६९ प्रतिशत, लुम्बिनी प्रदेशको ५.१० प्रतिशत, कर्णाली प्रदेशको ३.२१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५७ प्रतिशत रहेको छ ।

काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४२ प्रतिशत, तराईको ५.७२ प्रतिशत, पहाडको ५.१५ प्रतिशत र हिमालको ६.७८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्