site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानका राजा–रानी आज काठमाडौं आउँदै, तीन घण्टा तीर्थाटन गरेर फर्किने 

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक र रानी जेट्सुन पेमा वाङ्चुक निजी भ्रमणको सिलसिलामा आज नेपाल आउँदैछन् । 

उनीहरू भारत भ्रमण सकेर फर्कने क्रममा काठमाडौं आउन लागेका हुन् । काठमाडौंमा उनीहरूले तीनदेखि चार घण्टा बिताउने कार्यक्रम छ । 

“भुटानको राजा–रानी शुक्रबार बिहान काठमाडौं आउँदै हुनुहुन्छ । यो उहाँहरूको निजी भ्रमण हो । उहाँहरूले तीनदेखि चार घण्टा काठमाडौंमा बिताउने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

भुटानका राजा–रानीले मंसिर २० देखि २१ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम थियो । 

स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे भुटानका राजा–रानी नयाँदिल्लीबाट नेपालतर्फ लाग्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भुटानका राजा–रानी शुक्रबार बिहान साढे ९ बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

“प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण जानुअगावै राजा–रानीको निजी भ्रमणको निम्ति आवश्यक तारतम्य मिलाइदिन भुटानले हामीसँग अनुरोध गरेको थियो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “सोहीअनुसार हामीले निजी भ्रमणको लागि आवश्यक पर्ने गाडी, सुरक्षा व्यवस्था मिलाएका छौँ ।” 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भुटानका राजा–रानी खासगरी तीर्थाटनको लागि नेपाल आउन लागेका हुन् । स्वयम्भु र बौद्धनाथ दर्शन गर्न आवश्यक तयारी भइरहेको छ । 

निजी भ्रमण भएका कारण हालसम्म राजनीतिक भेटवार्ताको कुनै तयार गरिएको छैन । छोटो अवधिको लागि नेपाल आउन लागेका कारण राजनीतिक भेटवार्ता नमिलाइएको स्रोतले बतायो । 

“अहिलेसम्म राजनीतिक भेटवार्ताको कार्यक्रम बनेको छैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

काठमाडौंमा तीनदेखि चार घण्टा बिताएपछि भुटानका राजा–रानी स्वदेश फर्किने कार्यक्रम छ । 

केही समयअगाडि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको सिलसिलामा भुटान गएका थिए । भुटानका राजा–रानीले उक्त समयमा पूर्वराजा ज्ञानेन्द्रलाई उच्च सम्मान दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro