site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–१९ महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कपका लागि मलेसिया जाने नेपाली युवा राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली टिमको बिदाइ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आईसीसी यू–१९ विश्वकप एसिया छनोट च्याम्पियनका हैसियतमा नेपाल एसिया कप खेल्दै छ । नेपाली टिमको नेतृत्व पूजा महतोले गर्नेछिन् ।

प्रतियोगिता डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तान र १७ मा भारतको सामना गर्नेछ ।

नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, एलिसाकुमारी यादव (विकेटकिपर), कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत र किरणकुमारी कुँवर

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २२:५८
प्रतिक्रिया दिनुहोस्