site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय किशोर बने सबैभन्दा कम उमेरको विश्व चेस च्याम्पियन

सिंगापुर । भारतीय किशोर प्रतिभा गुकेश डोम्माराजू सिंगापुरमा आफ्नो शृङ्खलाको अन्तिम खेलमा चीनका डिङ लिरेनलाई हराएर बिहीबार विश्वको सबैभन्दा कम उमेरको निर्विवाद विश्व चेस च्याम्पियन बनेका छन् ।

अन्तर्राष्ट्रिय चेस महासंघले सोसल मिडिया प्लेटफर्म एक्समा ‘इतिहासमा सबैभन्दा कम उमेरको विश्व च्याम्पियन’ भन्दै पोष्ट गरेको थियो । डिङले आफ्नो रोमाञ्चक अन्तिम खेलमा राजीनामा दिएपछि गुकेश विजयी भए ।

आफू नयाँ विश्व च्याम्पियन भएको थाहा पाएपछि गुकेस दुवै हातले अनुहार छोपेर रोए ।

अन्तिम खेलमा गल्ती गरेपछि ३२ वर्षीय डिङ टेबलमा लडे । यसले उनको प्रतिद्वन्द्वीलाई अवसर प्राप्त भयो ।

खेल हेर्न आएका धेरै भारतीय र भारतीय मूलका स्थानीय सिंगापुरवासीसहित उत्साही प्रशंसकहरूले खेल हेर्ने कोठामा जोडले हर्षोल्लास व्यक्त गरे ।

आफ्नो उमेरमा गुकेशले २२ वर्षको उमेरमा विश्व च्याम्पियनको उपाधि जितेका रुसी गेरी कास्परोभको कीर्तिमानलाई पछाडि पारे ।

उनी पाँचपटकका विश्व चेस च्याम्पियन विश्वनाथन आनन्दपछि उपाधि जित्ने दोस्रो भारतीय पनि बनेका छन् ।

गुकेशको १४औँ खेलमा भएको विजयले उनलाई ७।५ अंक र डिङलाई ६.५ अंक दिलायो । यसले उनको विश्व च्याम्पियनशिप चुनौतीका लागि सबैभन्दा कम उमेरमा पुग्ने असाधारण उत्थानलाई पक्का गर्‍यो ।

विजयमा उदार भएर गुकेशले डिङको प्रशंसा गर्दै साँचो च्याम्पियन जस्तो युद्ध गरेको बताए । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro