site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएलमा सट्टेबाजी : कीर्तिपुरबाट थप तीनजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले थप तीनजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट नै उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

बुधबार (हिजो) साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका तीनजना नै भारतीय नागरिक रहेका सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा भारतका सन्दीपकुमार सिंह, रोहित शर्मा र प्रिन्स सिंह छन् ।

प्रहरीले यसअघि गएको सोमबार दुई र मंगलबार दुई गरी चारजनालाई पक्राउ गरेको थियो । उनीहरू चारैजना पनि भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूले अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको खुलेको सीआईबीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro