काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा–२ : द रुल’ भारतमा सबैभन्दा चाँडो हजार करोड कलेक्सन गर्ने सिनेमा बनेको छ ।
यो चलचित्रले ६ दिनमा हजार करोडको आकडा पार गरेको हो । बलिउड सिनेमामा ट्रेड एनसाइसिस्ट सुमित कडेलका अनुसार ६ दिनमा पुष्पा–२ ले विश्वभरबाट एक हजार दुई करोड कलेक्सन गरेको छ ।
यो चलचित्रले चार दिनमा ८२७ करोड भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
पहिलो दिन यो चलचित्रले भारतमा हिन्दी भाषामा मात्रै ७२ करोड ग्रसकलेक्सन गरेको थियो । यो भारतमा अहिलेसम्मकै धेरै ओपनिङ कलेक्सन हो ।
पहिलो दिन यो चलचित्रको वर्ल्डवाइड कलेक्सन २९४ करोड थियो । यो पनि भारतीय चलचित्रको ओपनिङ कलेक्सनको रेकर्ड थियो ।
चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।
चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।