site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलियो लाइनअप बनाउँदै ‘माइतीघर’, पहिलोपटक स्क्रिन सेयर गर्दै केदार र प्रकाश 

काठमाडौं । चलचित्र ‘माइतीघर’को लाइनअप बलियो बन्दै गएको छ । बजारमा रोजाइमा रहेका कलाकार यो चलचित्रमा अनुबन्धित भइरहेका छन् । 

केदार घिमिरे, प्रकाश सपूत, उपासना सिंह ठकुरी र बुद्धि तामाङ यो चलचित्रमा अनुबन्धित भइसकेका निर्माता रोहित अधिकारीले जानकारी दिए । स्रोतका अनुसार धिरज मगरले पनि यो चलचित्रमा काम गर्ने निश्चित भइसकेको छ । कागजी सम्झौता गर्न मात्रै बाँकी रहेको बताइएको छ ।

अझै मुख्य लाइनअपमा एक महिला कलाकार रहने रोहित बताउँछन् । 

मिलन तामाङले चलचित्र निर्देशन गर्नेछन् । कथा पनि निर्देशक स्वयंको रहनेछ । पटकथा तथा संवाद भने रामशरण पाठकको रहनेछ । चलचित्रमा रविन शेरचन र धिरज तामाङ निर्माता रहनेछन् । कार्यकारी निर्माता चन्द्रकुमार दोङ र ईश्वर श्रेष्ठ छन् । 

फेमेली ड्रामा ‘माइतीघर’ले छोरीले माइतीघर छोड्दाको इमोसन कथा भन्नेछ । 

फागुन र चैतमा चलचित्र छायांकन गरिने र दसैँमा रिलिज गर्ने उनले बताए । “यो दसैँमा हामी जसरी पनि चलचित्र रिलिज गर्नेछौँ,” उनले भने, “जतिसुकै चलचित्र आए पनि हामी पछि हट्दैनौँ ।” 

चार करोड लगातमा यो चलचित्र बन्नेछ । 

नाम ‘माइतीघर’ भए पनि यो पुरानो चलचित्र ‘माइतीघर’को सिक्वेल वा सिरिज केही नहुने उनले प्रष्ट पारे । दश वर्षपछि अगाडि चलचित्रमा प्रयोग भइसकेको सिनेमाको नाममा पुनः चलचित्र बनाउन पाइने प्राबधान छ । 

“माइतीघरको शीर्ष गीत भने हमी प्रयोग गर्नेछौँ । यसका लागि हामीले गीतकारसँग अनुमति लिइसकेका छौँ,” रोहितले भने, “अरु पुरानो माइतीघरको केही पनि प्रयोग हुने छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro