site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमसँग लज्जास्पद हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जनकपुर आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले पराजित भएको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटियो । 

योसँगै प्रतियोगितामा जनकपुरले सबैभन्दा कम योगफलमा समेटिने टिमको खराब कीर्तिमानसमेत बनाएको छ । यसअघि यो कीर्तिमान पोखरा एभेन्जर्सको नाममा थियो । प्रतियोगिताको पाँचौँ खेलमा चितवन राइनोजले पोखरालाई ७४ रनमै समेटेको थियो ।

Dabur Nepal
NIC Asia

सुदूरपश्चिमविरुद्ध जनकपुरका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । जनकपुरको खातामा जोसुवा ट्रोम्पले सबैभन्दा धेरै १३ रन बनाए । यसबाहेक, जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका स्कोरबोर्डमा १७ रन जोड्दा दुवै ओपनरलाई गुमाएको थियो । जनकपुरका कप्तानसमेत रहेका अनिल साह सात बल खेल्दा रन नबनाइ पभेलियन फर्किए । अर्का ओपनर आसिफ सेखले पनि चार रनमात्रै थप्न सके । ललित राजवंशीले चार रन जोड्दा किशोर महतो शून्यमा अविजित रहे ।

यसपछिका चार विकेट जनकपुरले ३७ रन जोड्दा गुमायो । जनकपुरका लहिरु मिलान्था सात, हर्ष थाकेर पाँच, जिम्मी निसम चार र सुभ कंशाकार शून्यमा पभेलियन फर्किए । यस्तै, अर्निको यादवले पनि टिमको स्कोर बोर्डमा एक रनमात्र थप्न सके ।

आठौं ब्याटरको रुपमा पभेलियन फर्किएका शेर मल्ल पनि ‘डक’ भए ।

जनकपुरलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हर्मित सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका हर्मितले दुई मेडन फ्याक्दै दुई रनमात्र खर्चिए । उनले जनकपुरका अर्निको यादव र जोसुवा ट्रोम्पलाई पभेलियनको दिशा देखाएका थिए । सैब जैब, नरेन साउद र स्कट कुग्गेलेनको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल खडा गरेको थियो । 

सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका विनोदले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, अर्का ओपनर सैब जैबले २१ बलमा दुई छक्कासहित २१ रन बनाए ।

यी दुईले पहिलो विकेटका निम्ति ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत गरेका थिए । 

सुदूरपश्चिमका इशान पाण्डेले १४ बलमा एक चौका र एक छक्कासहित १७ रन जोडे । ब्रान्डन म्याकमुलमले १७ बलमा ११ रन थपे । यसबाहेक, सुदूरपश्चिमका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अविजित रहेका नरेश बुढाएरले नौ र अभिनाश बोहराले दुई रन बनाए ।

सुदूरपश्चिमलाई मध्यम योगफलमा रोक्न मधेसका किशोर महतोले चार विकेट लिए । चार ओभर बलिङ गरेका किशोरले ३५ रन खर्चिए । किशोरले सुदूरपश्चिमका आरिफ सेख, इशान पाण्डे, स्कट कुग्गेलेन र नरेन साउदको विकेट लिए ।

शेर मल्ल र अर्निको यादवले समान दुई विकेट लिए । शेरले हर्मित सिंह र विनोद भण्डारी तथा अर्निकोले दीपेन्द्रसिंह ऐरी र ब्रान्डन म्याकमुलमको विकेट लिए । हर्ष थाकेरको नाममा एक विकेट रह्यो । हर्षले सुदूरपश्चिमका सैब जैबलाई पभेलियनको दिशा देखाए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो चौथो जित हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।  

जनकपुरको भने यो पहिलो हार हो । प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्सिवरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro