site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनीका कप्तान रोहित भन्छन्– क्षमता सदुपयोग गर्न सकेनौँ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरणबाट बाहिरिएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टिमले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार काठमाडौं गुर्खाजविरुद्ध १८ रनले पराजित भएसँगै लुम्बिनी प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बनेको हो । खेलमा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.२ ओभरमा ८५ रनमै समेटिएको थियो ।

खेलपछि पत्रकारसँगको कुराकानीमा लुम्बिनीले टिमको क्षमतालाई सदुपयोग गर्न नसकेको बताएका हुन् ।

“आजको लक्ष्य भेट्टाउन सक्ने नै थियो । तर, ब्याटिङमा राम्रो हुन सकेन । सोचेजस्तो खेल्न सकेनौँ । टिमको जुन क्षमता थियो, त्यसलाई सदुपयोग गर्न सकेनौँ । प्रतियोगिता हाम्रा लागि राम्रो हुन सकेन । विकेटअनुसार खेल्न एकदमै आवश्यकता थियो । अबको अन्तिम खेलमा सबैलाई अवसर दिने योजना छ । अन्तिम खेल जित्ने लक्ष्य हुनेछ,” रोहितले भने ।

तालिकाको छैटौँ स्थानमा रहेको लुम्बिनीले ६ खेलबाट दुई अंक मात्रै जोडेको छ । प्रतियोगिताको सुरुआती चार खेलमा लुम्बिनीले लगातार हार बेहोरेको थियो । पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकाले पनि लुम्बिनी बुधबारको खेलमा पनि पराजित भएको हो ।

 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro