site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केदार घिमिरे मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’मा को–को छन् अरु कलाकार ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘माग्ने राजा’ निर्माणको घोषणा भएको छ । केदार घिमिरेको मुख्य भूमिका रहेको चलचित्र निर्माणको घोषणा गरिएको हो । 

फागुन १ गतेबाट छायांकन सुरु हुने चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गर्नेछन् । 

चलचित्रमा वर्षा शिवाकोटी पनि मुख्य भूमिकामा रहने स्रोतले बताएको छ । यद्यपि, कागजी सम्झौता हुन भने बाँकी रहेको बताइएको छ । 

अन्य कलाकार फाइनल हुन बाँकी छ । दयाहाङ राई, आर्यन सिक्देल, प्रदीप खड्कालगायतसँग निर्माणपक्षले कुरा गरिरहेको स्रोत बताउँछ । 

सामिप्यराज तिमिल्सिनाको कथा तथा पटकथा रहेको चलचित्रको निर्माता मुनाल घिमिरे हुन् । ‘माग्ने राजा’ नरेन्द्र मैनालीले खिच्नेछन् । 

केदार घिमिरे मुख्य भूमिकामा रहेको पहिलो चलचित्र ‘माग्ने राजा’ हुनेछ । यसअघि उनी सहायक भूमिकामा काम गर्दै आएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro