site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वीरगन्जबाट डिजेल आयात घट्यो

पर्सा । वीरगन्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

डिजेल आयातसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा २१ अर्ब ८४ करोड आठ लाख ७६ हजार रुपैयाँको दुई लाख ४६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा ३० अर्ब १७ करोड ७६ लाख ४८ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन ।”

यस्तै, चालु आवको चार महिनामा १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजार रुपैयाँको एक लाख ४२ हजार ८६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा १३ अर्ब १८ करोड ४९ लाख ९० हजार रुपैयाँको एक लाख २९ हजार १२६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०९:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro