site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद पुगे रूस 

काठमाडौं । देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन् । विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ । 

रूसी समाचार एजेन्सी र सरकारी टिभीले रुसको एक स्रोतलाई उद्धृत गर्दै असद र उनको परिवारलाई रूसले ‘मानवीय आधारमा’ शरण दिएको जनाएका छन् ।

विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस) आइतबार बिहान सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि असद देश छाडेर भागेका हुन् । 

यो घटनाले रणनीतिक रूपमा महत्वपूर्ण पश्चिम एसियामा शक्ति सन्तुलन फेरिने संकेत गरेको छ ।

असद सिरियामा क्रूर शासनका लागि परिचित छन् । असदकै कारण २०११ देखि सिरियामा गृहयुद्ध सुरु भयो । गृहयुद्धले सिरियालाई तहसनहस बनाएको छ । गृहयुद्धले ल्याएको अस्थिरता चरमपन्थी समूह आईएसआईएसका लागि उर्वर बन्यो । गृहयुद्ध तन्किदा सिरियाबाट लाखौँ विस्थापित र शरणार्थी बन्न बाध्य भए । 

‘अरब स्प्रिङ’का दौरान सिरियामा प्रजातन्त्रको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका जनताको आवाज राष्ट्रपति असदले सुनेनन् । शान्तिपूर्ण आन्दोलन दबाउन उनले दमनको बाटो रोजे । प्रजातन्त्रको माग गर्ने हजारौं मारिए र जेल पुगे । त्यसपछि सिरियामा गृहयुद्ध सुरु भएको थियो ।

५० वर्षसम्म सत्तामा हालिमुहाली गरेको असद परिवारको अन्त्य भएको हो ?

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro