site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अत्यधिक गर्मीका कारण पाकिस्तानका विद्यालय बन्द
तस्बिर : एडीबी ब्लग ।

पाकिस्तान । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालय बन्द भएका छन् । 

गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट विद्यार्थीहरूलाई जोगाउन विद्यालय बन्द गरेको प्रशासनले जनाएको छ ।  

Argakhachi Cement Island Ad

गर्मीले मे महिनामा पन्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट)सम्म तापक्रम पुगेपछि धेरै प्रान्तमा गर्मी बिदा दिइएको हो । 

पाकिस्तानमा धेरै मौसमी चुनौती रहेकाले विद्यार्थीहरू लामो समयसम्म गर्मी र धुवाँबाट प्रभावित भएको र यसबाट सुरक्षाका लागि विद्यालय बन्द गरिएको लाहोरस्थित शैक्षिक अभियान्ता बेला रजा जामिलले बताए । 

वायु प्रदूषणका कारण गत वर्ष पनि नोभेम्बरमा दुई हप्ता, गर्मीका कारण मेमा एक हप्ता बिदा दिइएको थियो । यो वर्ष जनवरीमा चिसोका कारण तीन हप्ता बिदा भएको थियो । त्यस्तै, मेमा गर्मीका कारण दुई हप्ता विद्यालय बन्द रहनेछन् । 

सरकारी तथ्यांकअनुसार पाकिस्तानी विद्यालय जाने उमेरका लगभग एकतिहाइ अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर छन् ।

यसैगरी, ६५ प्रतिशत बालबालिका १० वर्षको उमेरसम्म पनि उपयुक्त सामग्री पढ्न असमर्थ छन् । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्