site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गढीमाई मेलामा पेस्तोल देखाउँदै हिँड्ने युवक पक्राउ

बरहथवा (सर्लाही) । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ बलरा नगरपालिका–६, मिर्जापुरका १८ वर्षीय अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गढीमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको टोलीले सहनीलाई पक्राउ गरेको हो । प्रहरीले सहनीका साथबाट एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल बरामद गरेको जनाएको छ । 

बरामद पेस्तोलसहित युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलङ्गवा झिकाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । जिल्लामा बरहथवा, हरिपुर, कबिलासी, रामनगर र बलरामा गरेर करिब आधा दर्जन स्थानमा गढिमाई मेला लागिरहेको छ । रासस  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro