site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेमाथि फेरि चार दिन म्याद थप
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न फेरि चार दिन म्याद थपिएको छ । कास्की जिल्ला अदालतले आइतबार चार दिन म्याद थप गरेको हो । उनीमाथि अनुसन्धान गर्न छैटौँपटक चार दिन म्याद थपिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप १३ दिनको समय मागेको थियो । तर, अदालतले चार दिन मात्र म्याद थप गरेको हो ।

सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति गएको कात्तिक २ गतेयता लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेर उनलाई पोखरा लगिएको थियो । उनलाई कास्की पुर्‍याइएपछि त्यहाँबाटै बयानका निम्ति कात्तिक अन्तिम साता रुपन्देही लगिएको थियो । त्यसपछि काठमाडौं ल्याइयो । काठमाडौंबाट चितवन लगिएको थियो । गएको बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro