site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वजर्नेल बस्न्यातले डिलेट गरे एक्स अकाउन्ट

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातले आफ्नो एक्स (पूरानो टुइटर) अकाउन्ट हटाएका छन् । बस्न्यातले एक्समार्फत नेताहरूलाई मार्ने, जर्मनका तानाशाह हिटलरले जस्तै ग्याँस च्याम्बरमा हाल्ने धम्की दिने गर्थे । उनले आफ्नै पूर्वसंगठन नेपाली सेना र सेनाका उच्च पदस्थ अधिकारीलाई पनि एक्समार्फत गालीगलौज गर्दै आएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा गरेका पोष्टहरू विश्लेषण गरेर बाह्रखरीले ‘पूर्वजर्नेलको हिटलर’ बन्ने चाह ! सामाजिक सञ्जालबाट गालीगलौजदेखि हत्याको धम्कीसम्म’ शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

बस्न्यातले आफ्नो एक्स अकाउन्ट हटाए पनि उनले गालीगलौज र हत्याको धम्की दिँदै  लेखेका पोष्ट भने बाह्रखरीले अकाईभमा सुरक्षित राखेको छ ।

Dabur Nepal
NIC Asia

“तपाईंले आफ्नो एक्स अकाउन्ट डिलिट/हटाउनु भएको हो ?” भनेर बस्न्यातलाई बाह्रखरीले प्रश्न गरेको थियो ।

जवाफमा उनले आफूलाई थाहा नभएको बताए । उनले भने, “मलाई थाहा छैन, म बाहिर बाहिरै छु ।”

त्यसपछि बाह्रखरीले उनको एक्स अकाउन्टमा राखिएको नाम र ह्यान्डल सुनाएपछि उनले भने, “मलाई थाहा छैन । मलाई मेरो टुइटरमा नाम के छ भनेर थाहा छैन । म हेर्छु ।”

२० मंसिरमा बाह्रखरीले उनलाई “सामाजिक सञ्जालमा सैनिक आचारसंहिता उल्लंघन गर्दै, नेताहरूको चरित्र हत्या किन गर्नुहुन्छ ?” भनेर सोधेको थियो ।

उनले आफूले अहिले ‘त्यस्तो’ लेख्न छाडिसकेको दाबी गरेका थिए । त्यसपछि बाह्रखरीले उनलाई ३ डिसेम्बरमा लेखेको पोष्ट सुनाएको थियो । त्यसको प्रतिक्रियामा उनले “अहिले त्यस्तो लेख्न छाडिसके । उहिले लेख्थे, अहिले त लेख्दिनँ, अहिले बन्द गरिसके । अहिले राम्रा कुराहरू मात्र लेख्छु” भनेका थिए ।

पूर्वजर्नेलको ‘हिटलर’ बन्ने चाह ! सामाजिक सञ्जालबाट गाली–गलौजदेखि हत्याको धम्कीसम्म 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro