site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल देशमा देखिएका सबै समस्यको मूल जरो वर्तमान संविधानमा रहेकाले यसलाई पुनर्लेखन गर्न माग गरेका छन् ।  

शुक्रबार जसपा नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष यादवले संविधान नसच्याए मुलुकले योभन्दा कठिन र जटिल अवस्थाको सामना गर्न बाध्य हुने दाबी गरे । 

Argakhachi Cement Island Ad

“फोहोर भइसकेको खोलाको मुहान पहिले सफा गरौँ, पानी आफैँ स्वच्छ हुन्छ,” अध्यक्ष यादवले भने, “मुलुकलाई निकास दिन ढिला नगरौँ, दफावार धारापिच्छे त्रुटिपूर्ण रहेको यो संविधानलाई पुनर्लेखन गर्नुको विकल्प नै छैन ।”

संविधान संशोधनकै एजेन्डा अघि सारेर बनेको वर्तमान सरकारमा सत्तालिप्सा देखिएको र भ्रष्टाचारी, कमिसनखोर, बिचौलिया र भूमाफियालाई संरक्षण गर्नमा तल्लीन रहेको यादवले आरोप लगाए । 

कांग्रेस र कम्युनिस्टजस्ता दलहरू संविधान र संघीयताको कार्यान्वयनप्रति गम्भीर र जिम्मेवार नदेखिएको उनले आरोप लगाए । भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको विश्वास प्राप्त गर्न बलियो सरकारको आवश्यकता रहेको यादवले औँल्याए । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्