site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखराबाट लगिएको छ । चितवनमा बुधबार रविको बयान सकिएकोमा बिहीबार पोखरा लगिने भनिएको थियो ।

तर, उनलाई गएराती ११ बजे चितवनबाट पोखरा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिएका छन् । उनका अनुसार, रविलाई बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पुर्‍याइएको र अहिले हिरासतमा रहेको पुष्टि गरे ।

"उहाँ (रवि लामिछाने)लाई पोखरा पुर्‍याउँदा त्यही बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ," डीएसपी शर्माले बाह्रखरीसँग भने ।

यसअघि, बुधबार प्रहरीले रास्वपाका नेताहरूलाई बिहीबार ११ बजेको उडानबाट पोखरा लगिने बताएको थियो । तर, उनलाई रातारात पोखरा लगिएको रास्वपाका नेताहरूले जनाएका छन् ।

बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीसहित प्रदर्शनकारीहरू घाइते भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro