काठमाडौं । सरकारले जलविद्युत् आयोजनामा गरिब तथा विपन्न वर्गको लागि कर्जा (ऋण) उपलब्ध गराउने भएको छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गतका आयोजमा विपन्न वर्गको लागि सहुलियत ऋण उपलब्ध गराउने भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गरिब, अतिविपन्न तथा सीमान्तकृत वर्गका जनतालाई सहुलियतमा कर्जा उपलब्ध गराएर सेयर दिने जानकारी दिए ।
जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि परिमार्जन गर्दै उक्त व्यवस्था गरेको खड्काले बताए ।
प्राकृतिक स्रोतमाथिको अधिकार सबै नागरिकमा समान हुने भएकोले आर्थिक हिसाबले विपन्न नागरिकलाई समेट्ने गरी मन्त्रालयले जलविद्युत्को विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यमबाट नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको विकास गर्ने उद्देश्यले सेयर लगानी गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर प्रदान गर्नेगरी कार्यविधि संशोधन गरेको खड्काले बताए ।
“निमुखा, गरिब, सीमान्तकृत बासिन्दाहरूले जलविद्युत आयोजनाबाट अपेक्षित लाभ सामूहिक जवानीमा कुनै ढंगबाट सेयर दिने र त्यो आयोजनाबाट अपेक्षित जनताहरू सेयर दिनेगरी कार्यविधि संशोधन गरेका छौँ,” उनले भने ।