site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा रवि लामिछानेको बयान आज सकिँदै, पर्सामा पनि पक्राउ पुर्जी लिने तयारी
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिने कार्य सोमबार (आज) सरकाउने प्रहरीको तयारी छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो ।

शुक्रबारदेखि उनको बयान लिन थालिएको थियो । सरकारी वकिल कार्यालयमा लिइएको बयान सोमबार सकाउने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।

लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट त्यहाँ समेत लगिएको थियो । गएको कात्तिक २ गते उनलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा असोज ६ गते पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी पनि हालसम्म थुनामा छन् । उनलाई समेत बुटवल र काठमाडौं ल्याएर बयान लिइएको थियो ।

ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईद्वारा सञ्चालित गोर्खा मिडियाअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमार्फत उनै सञ्चालक रहेका विभिन्न पाँच सहकारीको रकम अपचलन भएको खुलेपछि लामिछानेसहित छवि पक्राउ परेका हुन् । लामिछाने ग्यालेक्सी टेलिभिजनका पूर्वप्रबन्ध निर्देशक र छवि सञ्चालक हुन् ।

उनीहरूविरुद्ध पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको रकम अपचलनका विषयमा समेत प्रहरीले पक्राउ पुर्जी लिने तयारी गरेको छ । पर्सा प्रहरी स्रोतका अनुसार, आज वा भोलिमा रवि, छवि र जीबीविरुद्ध पक्राउ पुर्जीका निम्ति अदालतको अनुमति लिने तयारी छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

काठमाडौंलगत्तै रवि र छविलाई पर्सा लैजाने प्रहरीको तयारी छ । उनीहरूमाथि चितवनको सहारा सहकारीको रकम अपचलनका विषयमा समेत अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro