site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेल्जियम बन्यो यौनकर्मीलाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र, के छ कानुनमा ?

काठमाडौं । बेल्जियम  यौनकर्मी महिलालाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बनेको छ । नयाँ कानुन बनेपछि अब बेल्जियममा यौनकर्मीले स्वास्थ्य बिमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् । 

बीबीसीका अनुसार, डिसेम्बर १ देखि लागु भएको यस कानुनमा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षा दिने प्रयास गरिएको छ ।

सन् २०२२ मा बेल्जियममा यौन कार्यलाई अपराधमुक्त घोषित गरिएको थियो । त्यसबेलादेखि देशमा यौनकर्मीलाई पनि सुरक्षा, रोजगारी, स्वास्थ्यलगायत अधिकार दिन माग हुँदै आएको थियो ।

बेल्जियमको नयाँ कानुनअनुसार, अब यौनकर्मीलाई यौन सम्पर्क गर्न अस्वीकार गरेमा तथा बिदा लिएको अवस्थामा कामबाट निकाल्न पाइने छैन ।

मानव अधिकारकर्मीले नयाँ कानुनको प्रशंसा गरेका छन् । ह्युमन राइट्स वाचका एरिन किल्ब्राइडले क्रान्तिकारी कदम भनेकी छन् । यौनकर्मीको सुरक्षाका लागि बेल्जियमले विश्वकै उत्तम कदम लिएको उनको भनाइ छ ।

नयाँ कानुनअनुसार यौनकर्मीले रोजगारी सम्झौता पाउनेछन् । यसबाहेक काम गर्ने घण्टा र कार्यस्थल सुरक्षासँग सम्बन्धित नियमहरू पालना गर्नुपर्नेछ । यौन क्रियाकलाप हुने प्रत्येक कोठा सफा र सुरक्षित हुनुपर्छ ।

मानव बेचबिखन, यौन दुर्व्यवहार, ठगीजस्ता मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई यौनकर्मी राख्न दिइने छैन ।

बेल्जियममा अब यौनकर्मीलाई कामबाट निकाल्न पाइने छैन । यौनकर्मीले कुनै सूचना नै नदिएर आफूले चाहेको बेला राजीनामा दिन सक्छन् । उनीहरूले ग्राहकलाई अस्वीकार पनि गर्न सक्ने छन् ।

एजेन्सीहरूको सहयोगमा ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro