site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षको लक्ष्य एक महिनाअघि नै पूरा गर्दै बीवाईडीले बेच्यो ३७ लाख गाडी

काठमाडौं । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडीले एक वर्षको आफ्नो बिक्री लक्ष्य एक महिनाअघि नै पूरा गरेको छ । कम्पनीले सन् २०२४ मा ३६ लाख ईभी बिक्री गर्ने लक्ष्य राखेको थियो ।

उक्त लक्ष्य कम्पनीले जनवरीदेखि नोभेम्बरमै पूरा गरेको हो । ११ महिनामा बीवाईडीले ३७ लाख ४० हजार ९३० गाडी डेलिभर गरेको कारन्युज चाइनाले जनाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको डेलिभरीको तुलनामा ४० प्रतिशतको वृद्धि हो ।

नोभेम्बर महिनामा मात्रै बीवाईडी पाँच लाख चार हजार तीन ईभी डेलिभर गरेको छ । यो गत वर्षको यसै महिनाको तीन लाख एक हजार ३७८ गाडी डेलिभरीको तुलनामा ६७.२ प्रतिशतको वृद्धि हो ।

बीवाईडीले नोभेम्बर महिनामा देशबाहिर ३० हजार ९७७ गाडी बिक्री गरेको छ । तीमध्ये २८ हजार १४१ गाडी निर्यात भइसकेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro