site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको आग्रहबमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिस्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिस्ट तथा सहायकका निम्ति सेतो एप्रोनसहितको पोसाक र पोसाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।

Dabur Nepal
NIC Asia

कुनै पनि सामुदायिक वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिस्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आउँदो पुस ४ गतेदेखि लागु हुँदै छ ।

यो निर्णयले औषधि बिक्री–वितरणमा आधिकारिक व्यक्ति मात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषद्का रजिस्टार सञ्जीवकुमार पाण्डेले बताए ।

मन्त्री पौडेलले यो व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका निम्ति सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधि बिक्री–वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधि व्यवस्था विभागलाई अनुगमन बढाउन सजग गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले परिषद्को निर्णय कार्यान्वयनमा सहयोग गर्न मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधि बिक्री–वितरणमा बेथिति देखिए/नदेखिएको अनुगमन गर्ने र दोषी देखिएमा एकैसाथ कारबाही गरिने उनले उल्लेख गरे ।

औषधिको मूल्य समायोजन गर्न गठित समितिले काम गरिरहेको छ । समितिको सुझावानुसार अधिकतम उपयोग हुने औषधिमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro