site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै बडियारपट्टी, कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार (आज) बिहान मृत्यु भएको हो । भित्री सडकमा आइतबार बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले ठक्कर दिँदा यादव घाइते भएका थिए ।

घाइते यादवलाई उपचारका निम्ति तत्काल लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादव वडहरी बेस क्याम्पका कार्यरत थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले नम्बर नखुलेको स्कोरपियोले ठक्कर दिई भारततर्फ भागेकाले उक्त गाडीको खोजतलास भइरहेको जानकारी दिए ।

सशस्त्र प्रहरी ७ नम्बर गण सिरहाका प्रमुख एवं एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीलाई देखेर भाग्ने क्रममा स्कोरपियोले ठक्कर दिएको भन्ने सूचना प्राप्त भएको जनाए । उनले स्कोरपियोले मदिरा बोकेको भन्ने सूचना आए पनि गाडी फेला नपरेकाले यसै भन्न नसकिने जनाए । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro