site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘गढीमाईमा सहज दर्शन र पूजाअर्चना गर्ने वातावरण मिलाउनुपर्छ’

बारा । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले धर्मिक, सांस्कृति एवं पुरातात्त्विक महत्त्व बोकेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सहज रूपमा दर्शन तथा पूजाअर्चना गर्ने वातावरण मिलाउन लाग्नुपर्ने बताएका छन् ।

शनिबार बारामा सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग मन्त्री लेखीले भारतको अयोध्यामा दिनहुँ अढाई लाखसम्म दर्शनार्थीले रामलालको दर्शन गर्ने गरेको प्रसंग उल्लेख गर्दै गढीमाईमा पनि तिनै तहका सरकार मिलेर आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

उनले भारतका धार्मिक मेलाहरूको अवलोकन गर्नेहरूलाई गढीमाईलगायत मधेसका धार्मिकस्थलको अनिवार्य दर्शन गराउने गरी माहोल मिलाउन लाग्नुपर्ने धारणा राखे । “मधेस प्रदेश सरकारले गढीमाईमा बढीभन्दा बढी दर्शनार्थी आउने वातावरण बनाउन भौतिक पूर्वाधारदेखि पर्यटकलाई आकर्षित गर्न आवश्यक सहयोगका लागि तयार छ । जनकपुरधामस्थित माता सीताको पुण्यभूमिबाट अयोध्या जोड्ने सर्किट विकास गर्ने कुरा छ, गढीमाईको मन्दिर बरियापुरबाट पनि अयोध्या जोड्ने सर्किटको निर्माण गर्न पहलकदमी लिन सरकार लागिपर्छ । यहाँहरूले पनि यसमा सहयोग गर्नुपर्‍यो,” मन्त्री लेखीले भने ।

मेलामा शान्तिसुरक्षाको भरपुर व्यवस्था मिलाउन, जोखिम क्षेत्रको पहिचान गरेर त्यसैअनुसार सतर्कता अपनाउन, मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटना न्यूनीकरणका निम्ति कटिबद्ध भएर लाग्न उनले सुरक्षा प्रमुखहरूलाई आग्रह गरे । गढीमाई मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेलाको तयारीका बारेमा जानकारी दिँदै भरपुर सुरक्षाको माग गरेका थिए ।

बैठकमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजाल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिल्सिना र मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक लालमणि अर्चायलगायत बारा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro