अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंक लिमिटेड र सिद्धी पोली प्याथ ल्याब डिल्ली बजारबीच छुट सम्झौता भएको छ । ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी एवं ग्राहकहरूलाई ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट हुने व्यवस्था रहेको बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धी पोली प्याथ ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १७:२७
प्रतिक्रिया दिनुहोस्