site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति आईपीओ जारी गर्दै गार्डियन माइक्रोलाइफ
SkywellSkywell

काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति यही मंसिर १९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका निम्ति आवेदन दिनुपर्नेछ । अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

KFC Island Ad
NIC Asia

वैदेशिक रोजगारीमा रहेका नेपालीले आउँदो पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रोलाइफलाई आवेदन दिएको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न गएको शुक्रबार (मंसिर ७) गते अनुमति दिएको हो ।

Royal Enfield Island Ad

कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको थियो ।

यो कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १०:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro