site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आवेदनको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न गार्डियन माइक्रोलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सलाई आवेदन दिएको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । हालका कार्यवाहक अध्यक्ष महेश बरालले नयाँ अध्यक्ष आउने दिन नजिकिएपछि आवेदन दिएको साढे दुई महिनामै गार्डियनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएका हुन् ।

दुई वर्षअघिदेखि फाइल अड्किएका कम्पनीलाई बेवास्ता गर्दै बरालले व्यावसायिक घरानाले स्वार्थ पूर्तिका लागि दुई वर्षअघि लाइसेन्स पाएका कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएका हुन् । यो कम्पनीले गएको भदौ २० गते धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्न आवेदन दिएको थियो । कम्पनीले वि.सं. २०७९ मंसिर ११ गते व्यावसायिक लाइसेन्स पाएको हो ।

Dabur Nepal
NIC Asia

बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न गएको शुक्रबार (मंसिर ७) गते अनुमति दिएको हो । कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशत अर्थात अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । तर, एक्कर्ड फर्मास्युटिकल्स र ट्रेड टावरले २०७९ मा नै आईपीओ निष्कासन गर्न आवेदन दिएका थिए ।

यीबाहेक २०८० सालमा पनि धेरै कम्पनीले आईपीओ निष्कासन गर्न आवेदन दिएका छन् । ती कम्पनीले भने आईपीओ निष्कासनको अनुमति पाएका छैनन् । तर, दुई वर्षअघि खुलेर दुई महिनाअगाडि मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाउनुलाई अस्वभाविक रूपमा लिइएको छ ।

माइक्रो इन्स्योरेन्सको व्यवसायमा नेपाल बिमा प्राधिकरण सन्तुष्ट छैन । तर, माइक्रो लाइफ र नन् लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न आवेदन दिनेबित्तिकै स्वीकृति पाउनुलाई व्यावसायिक घरानासँग हालका अध्यक्ष बरालको ट्युनिङ मिलेको बुझिन्छ । महिनौदेखि आवेदन दिएका कम्पनीको नाम सार्वजनिक नगरेको बोर्डले एक्कासि ७७ कम्पनीको नामावली सार्वजनिक गरेको थियो । त्यसलगतै नयाँ अध्यक्षको प्रक्रिया अगाडि बढ्नासाथ गार्डियनले आईपीओ निष्कासन स्वीकृति पाउनुलाई पनि अस्वभाविक मान्न सकिने बजारका जानकारहरू बताउँछन् ।

यो कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा १४ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro