
काठमाडौं । पर्यटन व्यवसायमा क्रियाशील व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल स्कल इन्टरनेसनल नेपालको अध्यक्षमा रमेश लुइँटेल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न स्कल नेपालको २५औँ वार्षिक साधारणसभाबाट लुइँटेलको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा विजय अमात्य, द्वितीय उपाध्यक्षमा योगेन्द्र थापा, महासचिवमा सञ्जीव पाठक र कोषाध्यक्षमा रुपेश जोशी चयन भएका छन् । सदस्यमा सर्वोत्तम एल श्रेष्ठ, जनपाल थापा, पंकज प्रधानांग, युवराज श्रेष्ठ र शर्मिला केभी काफ्ले चयन भएका जनाइएको छ ।
साधारणसभाका अवसरमा संस्थामा उल्लेख्य योगदान दिने व्यक्तिहरूलाई सम्मान समेत गरियो ।
पाठकले अध्यक्ष लुइँटेलको नेतृत्वमा स्कल नेपालको चार सदस्यीय प्रतिनिधिमण्डल यही जुन २६ देखि २९ सम्म श्रीलंकामा हुने स्कल एसिया कांग्रेसमा सहभागी हुने जानकारी दिए ।