site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच लैंगिक हिंसाविरुद्ध सहकार्य 

काठमाडौं । विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालले संयुक्तरूपमा बालविवाह अन्त्यका लागि जनसचेतना जगाउन एक विशेष कार्यक्रम आयोजना गरेका छन् ।

कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे ।

कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् ।

Dabur Nepal
NIC Asia

16-Dya-(4)-1732546038.jpg

युनिसेफ नेपालकी डेप्युटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपुत, र एसडीजी स्टुडियोले 'शिरमै फुर्के रिबन' शीर्षकको संगीत भिडियो सार्वजनिक गरे । भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन यूएनएफपीए र युनिसेफ नेपालले संयुक्तरूपमा बनाएका हुन् ।

नेपालमा बालविवाह अझै पनि लैंगिक समानता र महिला तथा किशोरीहरूको सशक्तीकरणका लागि प्रमुख चुनौती बनेको छ । नेपालमा तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ ।

महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, “बालविवाह मानव अधिकारको उल्लंघन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।”

WhatsApp-Image-2024-11-25-at-20.22.29_4b22a6b8-1732546106.jpg
 

महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तीकरणका कार्यक्रमहरूले लैंगिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् ।

16-Dya-(1)-1732546038.jpg
महिला अधिकारकर्मी तथा युनाइटेड नेसनकी सीईडीएडब्ल्यू, कमिटी सदस्य बन्दना रानाले भनिन्, “महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैंगिक समानता प्रवर्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।”

निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।  स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैंगिक समानता तथा बाल संरक्षण प्रवर्धन गर्ने नीति आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तीकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् । 

यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् , “नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौँ । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौँ ।”

बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् ।

16-Dya-(2)-1732546037.jpg
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, “लैंगिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टू भायोलेन्स अगेन्स्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौँ । २०१८ देखि जोन्टा इन्टरनेसनलले यूएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टू इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपीए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौँ ।”

कार्यक्रमको समापनमा, युनिसेफ नेपालकी जी ह्युन राहले भनिन्, “विभिन्न सहकार्यद्वारा हामी बालविवाहको चक्र तोड्न र महिलाहरू तथा किशोरीहरूलाई उनीहरूको सम्पूर्ण सम्भावनामा पुग्न सशक्त बनाउन सक्ने छौँ । यो कार्यक्रम समानता र हिंसामुक्त समाज निर्माणतर्फको हाम्रो प्रारम्भ हो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro