site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले पुटिनसँग गरे इरान–इजरायल संकटबारे फोनवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार बिहान टेलिफोन वार्ता गरेका छन् । इरान र इजरायलबीचको तनावपूर्ण स्थितिबारे छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।
 
रूसी विदेश नीति सल्लाहकार युरी उसाकोवका अनुसार, ट्रम्पसँग ५० मिनेट भएको कुराकानीमा राष्ट्रपति पुटिनले इरानविरुद्ध इजरायली अभियानलाई निन्दा गरेको बताएको बीबीसीले जनाएको छ ।

पुटिनसँगको कुराकानी पछि ट्रम्पले भने, “राष्ट्रपति पुतिनले आज बिहान मलाई जन्मदिनको शुभकामना दिन र त्यो भन्दा पनि महत्वपूर्ण इरानबारे कुरा गर्न फोन गरे । उनी इरानलाई धेरै राम्रोसँग चिन्छन् । हामीले लामो समयसम्म कुरा गर्‍यौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार क्रेमलिनका प्रवक्ताले मध्यपूर्वमा भएको तनावलाई निन्दा गरेका थिए । तर, मस्कोले मध्यपूर्वको यो स्थितिले रूस–अमेरिका सम्बन्ध सुधार्ने प्रयासमा बाधा नपुगोस् भन्ने चाहना गरेको बीबीसीले बताएको छ ।

यसअघि ट्रम्पले इरानमाथि इजरायली आक्रमणबारे थाहा भएको बताए पनि क्रेमलिनले वाशिङटनको कुनै सार्वजनिक आलोचना गरेको छैन ।

यसको सट्टामा, उसाकोवले टेलिफोन वार्तामा पुटिनले ट्रम्पलाई जन्मदिनको शुभकामना दिएको र अमेरिकी झण्डा दिवसबारे पनि कुरा गरको बताए ।

क्रेमलिनका अनुसार यसबाहेक दुवै नेताहरूले आफ्नो व्यक्तिगत सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेको र यो क्रेमलिनका लागि खुसीको कुरा भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्प प्रशासनसँग राम्रो सम्बन्ध र मध्यपूर्वमा मध्यस्थताको प्रस्तावले युक्रेनमा युद्धका लागि रूसमा ट्रम्पको दबाब घटाउने रूसले निष्कर्ष निकालेको हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । बीबीसी
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्