अर्थ व्यवसाय
काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लिलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।
कार्यलयले १३औँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको कम्पनीले बताएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मान प्रदान गरेका थिए।
नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त २०६८ सालमा स्थापित एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधान उपलब्ध गराउँदै आएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१ १७:२६
प्रतिक्रिया दिनुहोस्