site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज स्थापना

काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज’को स्थापना गरिएको छ । सामाजिक सेवामूलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी तथा व्यावसायिक समुदायबीच सहकार्य र समझदारीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । 

यसका साथै संस्थाले व्यापार, कृषि, उद्योग र पर्यटनमा तथ्यांक तथा जानकारी संकलन गरी दुवै देशको विकासमा टेवा पुर्‍याउने लक्ष्य रहेको बताएको छ । 

संस्थाको प्रथम वार्षिक साधारणसभामा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष साथै सञ्चालक सदस्यहरूको उपस्थिति थियो । निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीज कार्यालयको उद्घाटन जापानी दूतावासका मिसन उप–प्रमुख तमुरा ताकाहिरोले गरेका थिए ।

यो चेम्बर कुनै मुनाफा वितरण नगर्ने गरी सञ्चालन गरिने र आर्जित मुनाफा चेम्बरका उद्देश्यहरू पूरा गर्न मात्र खर्च गरिने व्यवस्था रहेको बताइएको छ । संस्थाको सदस्य बन्न इच्छुक १८ वर्ष उमेर पुगेका नेपाली नागरिकले १० हजार रुपैयाँ शुल्क बुझाएर सदस्यता प्राप्त गर्न सक्नेछन्, तर सदस्यता हस्तान्तरण गर्न भने सकिने छैन । संस्थाले समाज कल्याण ऐन २०४९ तथा कम्पनी ऐन २०६३ अनुसार कानुनी प्रक्रिया पालना गर्दै वैदेशिक आर्थिक, प्राविधिक तथा वस्तुगत सहयोग लिनुपरेमा समाज कल्याण परिषद्को पूर्वस्वीकृति लिने जनाएको छ । 

यस चेम्बरको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर २७ मा रहेको बताएको छ । चेम्बरको कोष सदस्यता शुल्क, अनुदान तथा अन्य वैधानिक स्रोतबाट संकलन गरी सञ्चालन गरिनेछ । कुनै संशोधन आवश्यक परेमा, साधारण सभाबाट पारित विशेष प्रस्तावका आधारमा मात्रै कार्यान्वयन गरिने व्यवस्था रहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro