site stats
बाह्रखरी :: Baahrakhari
कला
विनयको नयाँ गीत ‘किन छिन् छिन्’ सार्वजनिक

काठमाडौं । गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन् । कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनलाई फिमेल भोकलमा अञ्जना सारुले साथ दिएकी छन् । 

गीतको भिडियो नितिन चन्दको निर्देशन गरेका छन् । भिडियोमा श्रद्धा क्षेत्री, विक्राम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय छ ।

विनयको ‘जब तिमी एक्लै थियौ’ बोलको गीतको लोकप्रिय भएको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्