site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारले गरेको निर्णय कार्यान्वयन गर्नका लागि महशुल नबुझाएका उद्योगहरूको लाइन पुनः जडान गरेको भन्दै अबको १५ दिनभित्र वक्यौता रकम नउठे पुनः लाइन काट्ने उल्लेख गरे । यसअघि पनि बक्यौता नतिरेकैका कारण कानुनबमोजिम लाइन काटेको भन्दै उनले अहिले मन्त्रिपरिषद्को निर्णयअनुसार अघि बढेको बताए ।

ट्रकलाइन तथा डेडिकेटेड विद्युत् महसुल बक्यौताको सम्बन्धमा प्राधिकरणले जारी गरेको बिललाई नियामक निकायले स्वीकृत गरेको अवस्थामा उद्योगीहरूले बक्यौता तिर्नेपर्ने बताए । अब ट्रक तथा डेडिकेटेड विद्युत् महसुल दीर्घकालीन रूपमा नै समाधान हुनुपर्ने धारणा राखे । यो विषय सरकार, प्राधिकरण मात्रै नभइ आमजनसरोकारको विषय भएको उनको भनाइ छ । 

घिसिङले विभिन्न समस्याका कारण अहिले अन्य विद्युत् महसुल उठाउन पनि समस्या देखिएकाले यसले समग्र प्राधिकरणको आर्थिक प्रणालीमा असर पर्ने उल्लेख गरे । त्यस्तै, विद्युत महशुल तिर्नका लागि आनकानी गर्दै केही उद्योगीहरूले यसलाई राजनीतिकरण गर्न खोजेको आरोप लगाए । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro