site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कबड्डी’काे रेकर्ड ब्रेक गर्दै नेपालमा धेरै कमाउने चलचित्र बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ । 

घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो । 

“मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ,” वितरक मनोज राठीले बाह्रखरीसँग भने, “यो अहिलेसम्मका सबै चलचित्रको रकेर्ड ब्रेक हो ।” १३ दिनमा यो चलचित्रले २५ करोडमाथि ग्रसकलेक्सन गरेको हो । 

यसअघि चलचित्र ‘कबड्डी’का नाममा रहेको रेकर्ड पनि यो चलचित्रले ब्रेक गरेको उनले बताए । ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो । 

वितरक राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले २५ करोड २ लाख रुपैयाँ नेपाली बजारबाट मात्रै गरेको ग्रसकलेक्सन हो । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । 

कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा भन्छ । छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष नै यो सिनेमाको मुख्य कथा हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro