site stats
बाह्रखरी :: Baahrakhari
देश
साढे २७ लाख ठगी गर्ने कार्यमा संलग्न पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिन भन्दै २७ लाख ६० हजार ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, घर भएका २९ वर्षीय सुजन पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । 

Argakhachi Cement Island Ad

उनले भने, “पक्राउ परेका सुजन समेतका व्यक्तिले अनलाइनमार्फत सस्तो मूल्यमा ल्यापटप उपलब्ध गराइदिने भनि विश्वास दिलाइ पीडितलाई ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रकम लिइ ल्यापटप नदिइ ठगी गर्ने कार्यमा संलग्न रहेका व्यक्तिमध्येका सुजनलाई काठमाडौंको ठमेल नर्सिङचोकबाट पक्राउ गरिएको हो ।” 

निजलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्