site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनपीएल रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । तर, अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिटमा अख्तरले एनपीएलको फ्रेन्चाइज नेपाल क्रिकेट संघ (क्यान)ले १० वर्षका निम्ति आफ्नो नाममा दिइसकेको दाबी गरेका छन् । त्यसरी दिइसकेको फ्रेन्चाइज अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गर्दै उनले यही कातिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूमाथि क्यानले अन्याय गरेकाले न्याय गरिदिनुपर्ने उनको माग तत्काल सम्बोधन हुनुपर्ने प्रकृतिको नभएको भन्दै सर्वोच्चले अन्तरिम आदेश आवश्यक नपर्ने ठहर गरेको हो ।

आउँदो मंसिर १६ गतेदेखि काठमाडौंमा उक्त प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले खेलाडीको ‘अक्सन’ समेत गराइसकेको छ ।  प्रतियोगितामा सहभागी हुने आठै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् ।

क्लबहरूले प्रतियोगिताको तयारीका निम्ति ठूलो धनराशि समेत खर्च  गरिसकेका छन् । अन्तरिम आदेश नपाएसँगै लिगका लागि तत्कालको कानुनी अवरोध हटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro