site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पूर्ण बहादुरको सारङ्गी’ हेरेर किन रोइरहेका छन् दर्शक ?
SkywellSkywell

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ हलमा प्रर्दशन भइरहेको छ । यसका मुख्य अभिनेता विजय बराल हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । हलबाट दर्शक निस्किदा उनीहरूका आँखामा आँसु देख्छन्, उनी । 

कति दर्शकले आफैँ विजयलाई यसकारण रोएँ भन्छन् । कतिलाई उनी आफैँ सोध्छन्– किन रुनुभ’को ? 

KFC Island Ad
NIC Asia

‘आफ्नै सम्बन्ध कनेक्ट भयो ।’ 

“कतिले बुवालाई सम्झिएँ भन्नुहुन्छ । कतिले छोरालाई सम्झिएँ भन्नुहुन्छ । कतिले आफ्नै सम्बन्धले कनेक्ट गर्यो भन्नुहुन्छ,” विजय बाह्रखरीसँग भन्छन्, “जसले भर्खरै आफ्नो बुवा वा छोरा गुमाउनु भएको छ, उहाँहरूलाई झन धेरै कनेक्ट गरेको छ ।” 

Royal Enfield Island Ad

बाबु र छोराबीचको सम्बन्ध र संघर्षको कथा रहेको चलचित्र हेरेर त्यसमा दर्शक कनेक्ट भएको उनको भनाइ छ । “दर्शक रुनुको अरु कुनै कारण छैन, आफ्नो बुवा र छोरासँगको सम्बन्धलाई सम्झिएर रुनु भएको हो,” विजय भन्छन्, “कतिले मेरो बुवाले पनि मेरा लागि यसैगरी संघर्ष र त्याग गर्नुभएको थियो होला भन्नु भएको छ ।”

कात्तिक १५ गतेबाट रिलिज भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले सात दिनमा सवा आठ करोड ग्रसकलेक्सन गरेको छ । यो चलचित्र एक करोड ३० लाखमा बनेको हो । 

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro