site stats
बाह्रखरी :: Baahrakhari
कला
‘पिताम्बर’को ट्रेलरमा अधिकांश कलाकार एक्सनमा 

काठमाडौं । चलचित्र ‘पिताम्बर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अधिकांश एक्सनपूर्ण सिन छन् । 

बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । हरेक पुरुष कलाकार एक्सनमा देखिएका छन् । 

ट्रेलर रिलिजपछि निर्देशक कृषा चौलागाईंले गीत र टिजरजस्तै ट्रेलर पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । 

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ । 

विशाल चौलागाईं निर्माता रहेका चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन् । सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद छ । पुरुषोत्तम प्रधानको डीओपी रहेको छ । 

‘पिताम्बर’ चैत २९ गते रिलिज हुनेछ ।  

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्