site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ऊनको स्वीटर’को टिजरमा डायरी भर्ने समयको प्रेमकथा 

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को टिजर सार्वजनिक भएको छ । टिजरमा ०६० अगाडिको समाज छ । 

युवायुवतीले प्रेम व्यक्त गर्न चिठी लेख्ने र डायरी भर्ने प्रचलन रहेको समयको कथा टिजरमा देख्न सकिन्छ । 

चलचित्रमा विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय रहेको छ । 

यी पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतार–चढावलाई देखाएको छ । 

विपीन र मिरूनाको अभिनयमार्फत प्रेम र स्मृतिका गहिराइहरू बुन्न खोजिएको छ ।  

‘ऊनको स्वीटर’मा नवीन चौहानको लेखन तथा निर्देशन रहेको छ । सुरज कटुवालको सहलेखन रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०७:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro