site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारमा नभई नहुने भाइमसला : साढे एक अर्बभन्दा बढीको आयात
फाइल तस्बिर ।

काठमाडौं । तिहारमा नभई नहुने खाद्यवस्तुमा पर्छ, भाइमसला । भाइमसलामा काजु, आल्मन्ड (हाडेबदाम), पेस्ता, ओखर, नरिवल, मिस्री, अन्जिर, खुपार्नी, पानबुट्टे मिस्री, मखन (फुला), दालचिनी, ल्वाङ, सुकुमेल, सुपारी, छोकडा आदि पर्छन् ।

तिहारमा दाजुभाइलाई टीका लगाइसकेपछि दिदीबहिनीले कोसेलीका रूपमा भाइमसला दिने प्रचलन छ । भाइमसलामा समावेश हुने खाद्यवस्तु अरू बेला पनि बिक्री–वितरण हुन्छ । तर, तिहारका बेला यसको बिक्री विशेष हुने गर्छ । यसैकारण भाइमसलामा राखिने वस्तुको आयात तिहारअगाडिका महिनामा बढी नै हुने गर्छ ।

भन्सार विभागको तथ्यांकानुसार, पछिल्लो तीन महिनामा नेपालमा एक अर्ब ५३ करोड १८ लाख ८१ हजार रुपैयाँको भाइमसला आयात गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिना (साउन, भदौ र आसोज)मा उक्त रकमबराबरको भाइमसाल नेपाल भित्र्याइएको हो ।

बितेको तीन महिनामा नेपालले २६ करोड एक लाख ६८ हजार रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु आयात गरेको छ । सोही समयमा १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको दुई लाख ३२ हजार ६९३ केजी आलमन्ड नेपाल भित्र्याइएको देखिन्छ ।

तिहारमा नभई नहुने चिज हो, ओखर । पछिल्लो तीन महिनामा २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख सात हजार २२५ केजी ओखर नेपाल आयात गरिएको छ । पेस्ता भने एक करोड ४५ लाख ६ हजार रुपैयाँको भित्र्याइएको छ ।

भन्सार विभागको तथ्यांकानुसार, गएको साउन, भदौ र असोजमा ३१ करोड ७५ लाख २५ हजार रुपैयाँको ५९ लाख ९५ हजार ६८५ केजी नरिवल नेपाल आयात गरिएको छ ।

सोही समयमा २१ करोड ६२ लाख ३४ हजार रुपैयाँको १७ लाख १४ हजार ४१९ केजी सुपारी नेपाल भित्र्याइएको देखिन्छ । १६ करोड ४५ लाख ५२ हजार रुपैयाँको दुई लाख १४ हजार ५३७ केजी ल्वाङ आयात गरिएको छ ।

यस्तै, उक्त समयमा नौ करोड ९४ लाख २९ हजार रुपैयाँको ३७ हजार १८३ केजी सुकुमेल, दुई करोड ६४ लाख ५२ हजार रुपैयाँको ४१ हजार ५५० केजी अन्जिर, दुई करोड ४२ लाख १८ हजार रुपैयाँको ८९ हजार ४६० केजी दालचिनी र एक करोड ३० लाख रुपैयाँको एक लाख २४ हजार १७७ केजी छोकडा नेपाल भित्र्याइएको विभागको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro