site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बजाजले ल्यायो मोटरसाइकल साटासाटको योजना

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटासाटको योजना सुरू गरेको छ । योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकलसँग साट्न सकिनेछ । 

हंसराज हुलास चन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, “बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना सुरु गरेका हौँ । हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँनयाँ योजनाहरू अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।”

Argakhachi Cement Island Ad

८० भन्दा धेरै देशमा लोकप्रिय रहेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथै मोटरसाइकल साटासाट गरेका ग्राहकलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको बताइएको छ ।

यो योजना कात्तिक ८ गतेदेखि सुरु भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्