site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाइड्रोबाहेक सबै समूहको परिसूचक राताम्य, पाँच अर्ब २६ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार पनि घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २३.३६ अंकले घटेर २६२२.०३ विन्दुमा बन्द भएको हो । बुधबार नेप्से परिसूचक २०.४१ अंकले घटेको थियो ।

आज हाइड्रोपावरबाहेक सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक ०.३६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

६७ कम्पनीको सेयर मूल्य बढेको छ । १७० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेपाल एसबिआई बैंकको सेयर मूल्य ९.७५ प्रतिशतले बढेको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.०५ प्रतिशतले वृद्धि भएको छ ।

पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बुधबार ६ अर्ब २७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro