site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालुवाटार बैठकमा महन्थ र रञ्जिताको प्रस्टीकरण
SkywellSkywell

काठमाडौं । विपक्षी दलको बैठकमा सहभागी भएका सत्ता गठबन्धनका नेताहरूले आफ्नो सभागिताबारे प्रस्टीकरण दिएका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले प्रस्टीकरण दिएका हुन् । 

बैठकमा सहभागी एक नेताका अनुसार, ठाकुरले आफूलाई झुक्याएर बैठकमा बोलाएको बताएका छन् । रञ्जिताले भने आफू पुग्दा बैठक सकिएको बताएकी थिइन् ।

KFC Island Ad
NIC Asia

“बैठकमा उहाँहरूले प्रस्ट पार्नुभएको थियो । विपक्षीको बैठकमा प्रचण्डले झुक्याएर बोलाएको ठाकुरजीले बताउनुभयो,” ती नेता भन्छन्, “झुक्याएर बोलाउने, जालझेल गर्ने प्रचण्डको बानी नै हो भन्ने चर्चा पनि भयो । रञ्जिताजीले आफू पुग्दा बैठक नै सकिएको बताउनुभयो ।”

कात्तिक २ गते बानेश्वरमा विपक्षी दलको बैठक बसेको थियो । त्यस बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको लगायतका विषयमा छलफल भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro